कृषिकर्ममा रमाउँछन् बलिउड स्टार « Khabarhub

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार



दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच बाँच्ने बलिउड स्टारको जीवन बाहिरबाट जति ग्ल्यामरस देखिन्छ, भित्रभित्रै त्यति नै थकाइलाग्दो पनि हुन्छ। तर के तपाईंलाई थाहा छ- यी सुपरस्टार जब सबैको नजरबाट टाढा हुन चाहन्छन्, तब उनीहरू कहाँ जान्छन् ? उत्तर हो– सहरको भीडभाडभन्दा धेरै टाढा, हरियालीले ढाकिएका आफ्नै ‘प्राइभेट स्वर्ग’ जस्ता फार्महाउस र भिल्लामा।

यी ठाउँ केवल महँगा घर होइनन्, बरु स्टारको वास्तविक जीवनको एउटा यस्तो पाटो हो, जहाँ न त क्यामेराको आवाज हुन्छ, न त फ्यानको भीड। केवल शान्त प्रकृति, नीलो आकाश र आफूसँग बिताउने केही निजी क्षण। यही अदृश्य संसारमा लुकेका छन् बलिउडका केही चर्चित स्टारका करोडौँ मूल्यका लक्जरी फार्महाउस। आउनुहोस्, बलिउडका केही चर्चित सेलिब्रेटीका यस्तै आकर्षक फार्महाउसबारे जानौँ।

सलमान खानको पनवेल रिट्रीट

अभिनेता सलमान खान मुम्बई नजिकै पनवेलस्थित आफ्नो विशाल फार्महाउसमा समय बिताउन निकै मन पराउँछन्। सहरको व्यस्त जीवन र लगातार सुटिङको दबाबबाट टाढा उनी यहाँ पुग्दा पूर्ण रूपमा शान्त र साधारण जीवनशैलीमा फर्किन्छन्। हरियालीले भरिएको यो सम्पत्तिमा सलमान घोडासवारी गर्छन्, स्विमिङमा समय बिताउँछन् र कहिलेकाहीँ खेतीपातीमा समेत सक्रिय देखिन्छन्।

यो फार्महाउसमा जिम, घोडा बाँध्ने तबेलादेखि पार्टीका लागि छुट्टै स्पेससम्मका सुविधा छन्, जसले यसलाई पूर्ण रूपमा लक्जरी रिट्रीट बनाएको छ। सहरको तनावबाट टाढा रहेको यो स्थान सलमानका लागि केवल घर होइन, बरु मानसिक शान्ति र ऊर्जा पुनः प्राप्त गर्ने ‘डि–टक्स जोन’ जस्तै बनेको छ। यही कारणले उनका जन्मदिन र निजी जमघट पनि प्रायः यहीँ आयोजना हुने गर्छन्।

सैफ–करीनाको पटौदी प्यालेस

रोयल जोडी सैफ अली खान र करीना कपूर खान फुर्सद मिल्नेबित्तिकै आफ्ना छोरा तैमुर र जेहसँग हरियाणाको गुरुग्राम नजिकै रहेको ऐतिहासिक पटौदी प्यालेस पुग्छन्। यो केवल घर होइन, उनीहरूको पुश्तैनी सम्पत्ति हो, जहाँ राजपरिवारको इतिहास र पारिवारिक भावनाहरू जोडिएका छन्।

करिब १० एकड क्षेत्रमा फैलिएको यो विशाल प्यालेस बलिउडकै सबैभन्दा महँगो र प्रतिष्ठित सम्पत्तिमध्ये एक मानिन्छ, जसको अनुमानित मूल्य करिब ८०० करोड रुपैयाँ रहेको बताइन्छ। यहाँ पुरानो राजसी संरचना र आधुनिक सुविधाको अनौठो संयोजन देख्न पाइन्छ।

यहाँ एकातिर ऐतिहासिक शान झल्किन्छ भने अर्कोतिर आरामदायी आधुनिक जीवनशैली पनि पूर्ण रूपमा उपलब्ध हुन्छ। यसरी पटौदी प्यालेस सैफ–करीना परिवारका लागि केवल सम्पत्ति होइन, बरु इतिहास, पहिचान र निजी शान्तिको विशेष गन्तव्य बनेको छ।

मीका सिंहको १०० एकडको ‘मिनी गाउँ’ फार्महाउस

लोकप्रिय गायक मीका सिंहको दिल्ली बाहिरी क्षेत्रमा रहेको फार्महाउस केवल एउटा घर होइन, बरु करिब १०० एकडमा फैलिएको एउटा सानो गाउँजस्तै विशाल सम्पत्ति हो। यस फार्महाउसमा हेलिप्याड, अत्याधुनिक म्युजिक स्टुडियो, डेरी फार्म र घोडा राख्ने अस्तबल जस्ता सुविधा छन्, जसले यसलाई एकदमै बहुपक्षीय बनाएको छ।

त्यसैगरी यहाँ मन्दिर र गुरुद्वारा पनि निर्माण गरिएको छ, जहाँ नियमित रूपमा गुरबानीको आवाज गुन्जिरहन्छ। अझ रोचक कुरा, यहाँ आज पनि परम्परागत माटोको चुलोमा खाना पकाइन्छ, जसले आधुनिक लक्जरीबीच पनि देसी संस्कृतिलाई जीवित राखेको छ।

टेलीभिजन व्यक्तित्व फराह खानले समेत यस फार्महाउसको टुर सार्वजनिक गरेपछि यो स्थान झनै चर्चामा आएको थियो। यसरी मीका सिंहको यो सम्पत्ति फार्महाउस मात्र नभएर आधुनिकता र परम्पराको अनौठो संगम पनि हो।

ऋतिक रोशनको खण्डाला भिल्ला

अभिनेता ऋतिक रोशनको खण्डालास्थित फार्महाउस आधुनिक लक्जरी र प्राकृतिक सौन्दर्यको उत्कृष्ट संयोजन मानिन्छ। करिब ५ एकड क्षेत्रमा फैलिएको यो विशाल सम्पत्ति सेतो रङको आकर्षक डिजाइनका कारण विशेष रूपमा चर्चित छ। शान्त वातावरण र हरियालीले भरिएको यो स्थान सहरको भीडभाडबाट टाढा एक आरामदायी संसारजस्तो लाग्छ।

यस भिल्लामा निजी थिएटर, ओलम्पिक साइज स्विमिङ पुल, स्पा सुविधा र सुन्दर बगैँचा छन्, जहाँबाट आसपासका पहाडी दृश्य अत्यन्तै मनमोहक देखिन्छन्। यो फार्महाउस सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो, जसले फ्यानलाई यसको लक्जरी जीवनशैली नजिकबाट देख्ने अवसर दिएको थियो।

सुनील शेट्टीको प्राकृतिक रिट्रीट

वरिष्ठ अभिनेता सुनील शेट्टी मुम्बईको व्यस्त जीवनमा बसोबास गर्छन्, तर उनको मन भने खण्डालास्थित आफ्नै फार्महाउसमा बढी रमाउँछ। उनले आफैँ डिजाइन गरेको यो फार्महाउस आधुनिक वास्तुकला र परम्परागत शैलीको सुन्दर संयोजन हो। पहाडको बीचमा, हरियाली र झरनाको नजिक रहेको यस स्थानबाट देखिने प्राकृतिक दृश्य अत्यन्तै मनमोहक छ।

शाहरुख खानको ‘जन्नत’ भिल्ला

बलिउडका ‘किङ खान’ भनेर चिनिने शाहरुख खानको अलीबागमा रहेको भिल्ला ‘जन्नत’ उनीहरूको निजी शान्ति र लक्जरी जीवनशैलीको उत्कृष्ट उदाहरण हो। यो भिल्ला संसारकै प्रसिद्ध मानवनिर्मित टापु पाम जुमेराहको ‘के फ्रोन्ड’ मा अवस्थित छ। यो विलासी बङ्गला १४,००० वर्ग फुटको प्लटमा फैलिएको छ।

संयुक्त अरब इमिरेट्सको दुबईस्थित ‘पाम जुमेराह’ टापुमा रहेको उनको अत्यन्तै विलासी र भव्य बङ्गला हो। मुम्बईको ‘मन्नत’ जस्तै दुबईको यो बङ्गला पनि अत्यन्तै चर्चित मानिन्छ।

बङ्गलामा हेलिप्याड, ठूलो स्विमिङ पुल, फराकिलो र आरामदायी लिभिङ स्पेस तथा बालबालिकाका लागि विशेष ट्रीहाउस जस्ता सुविधा छन्, जसले यसलाई केवल घर होइन, एक पूर्ण निजी रिसोर्टजस्तै बनाएको छ।

शाहरुख प्रायः आफ्नो जन्मदिन, नयाँ वर्ष र अन्य विशेष अवसरका निजी जमघट यही भिल्लामा मनाउने गर्छन्। शाहरुख खान, गौरी खान र उनका छोराछोरीहरू आर्यन, सुहाना र अब्राम अक्सर दुबई भ्रमण गर्दा वा छुट्टी मनाउन आउँदा यसै ‘जन्नत’ भिल्लामा बस्ने गर्छन्।

बलिउडका यी स्टारको फार्महाउस र भिल्ला केवल विलासिताका प्रतीक मात्र होइनन्, उनीहरूको व्यस्त जीवनशैलीबाट टाढा पुगेर शान्ति खोज्ने माध्यम पनि हुन्। सहरको हल्लाखल्ला र निरन्तर कामको दबाबबाट टाढा यस्ता ठाउँहरूले उनीहरूलाई मानसिक सन्तुलन, परिवारसँग समय र निजी जीवनको स्वतन्त्रता प्रदान गर्छन्।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ९ : ११ बजे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार– पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौँ– चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुर– गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम