टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर) « Khabarhub

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)


१० जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने काम धमाधम भइरहेको छ। काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रमा घाँसे मैदान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाएको हो ।

महानगरका अनुसार उक्त क्षेत्रमा जमिन सम्याएर तीन इन्च मलिलो माटो राखी ‘बरमुढा ग्रास’ (दुबो) रोपिनेछ। परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ भने २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको जनाइएको छ। निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हरियाली कार्यक्रमअन्तर्गत टुँडिखेलका चार कुनामा बोरिङ निर्माण, पानी व्यवस्थापन तथा वर्षा पानी पुनर्भरणका लागि ‘वाटर रिचार्ज पिट’ समेत निर्माण गरिनेछ।

महानगरले टुँडिखेल क्षेत्रमा कुनै स्थायी संरचना निर्माण नगर्ने स्पष्ट पार्दै यसलाई खुला र सार्वजनिक उपयोगकै लागि व्यवस्थित बनाइने जनाएको छ ।

महानगरपालिकाका अनुसार धुलो र हिलोको समस्या कम गर्दै सर्वसाधारणलाई आराम, व्यायाम, खेलकुद तथा सार्वजनिक कार्यक्रमका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। निर्माण अवधिमा केही गतिविधिमा अस्थायी असर पर्न सक्ने भए पनि वैकल्पिक रूपमा खुलामञ्च प्रयोग गर्न सकिने जनाइएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १० : ३९ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना