टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर) « Khabarhub

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने काम धमाधम भइरहेको छ। काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रमा घाँसे मैदान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाएको हो ।

महानगरका अनुसार उक्त क्षेत्रमा जमिन सम्याएर तीन इन्च मलिलो माटो राखी ‘बरमुढा ग्रास’ (दुबो) रोपिनेछ। परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ भने २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको जनाइएको छ। निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हरियाली कार्यक्रमअन्तर्गत टुँडिखेलका चार कुनामा बोरिङ निर्माण, पानी व्यवस्थापन तथा वर्षा पानी पुनर्भरणका लागि ‘वाटर रिचार्ज पिट’ समेत निर्माण गरिनेछ।

महानगरले टुँडिखेल क्षेत्रमा कुनै स्थायी संरचना निर्माण नगर्ने स्पष्ट पार्दै यसलाई खुला र सार्वजनिक उपयोगकै लागि व्यवस्थित बनाइने जनाएको छ ।

महानगरपालिकाका अनुसार धुलो र हिलोको समस्या कम गर्दै सर्वसाधारणलाई आराम, व्यायाम, खेलकुद तथा सार्वजनिक कार्यक्रमका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। निर्माण अवधिमा केही गतिविधिमा अस्थायी असर पर्न सक्ने भए पनि वैकल्पिक रूपमा खुलामञ्च प्रयोग गर्न सकिने जनाइएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  १० : ३९ बजे

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर