फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए « Khabarhub

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान औपचारिक रूपमा सुरु गरेको छ ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोलाघर खाली गर्ने अभियान अघि बढाएको हो।

वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।

यस अभियान अन्तर्गत खोलाघर खाली गर्ने कार्य तीन मुख्य स्थानबाट एकैसाथ सुरु गरिएको छ।पोखरा–२ र १८ को सिमाना अन्धेरिकुनादेखि वडा नं ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुल बुढानीलकण्ठ मन्दिर क्षेत्रदेखि वडा नं ५ र ८ तर्फ ,पोखरा–७ र ८ को सिमाना जिरो किलोमिटरस्थित लायन्स भवन क्षेत्रदेखि वडा नं ६ तर्फ 

अभियानका लागि एक्साभेटर, जेसीबी र टिपर परिचालन गरिएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा काम भइरहेको महानगरले जनाएको छ।

अभियानको शुभारम्भ जिरो किलोमिटरबाट महानगर प्रमुख धनराज आचार्यले गरेका छन्। उनी स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गरिरहेका छन्।

तस्बिर :  नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ११ : ३३ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको