बढ्दै बाँदर समस्या, १० महिनामा ११ अर्ब बढीको मकै र मकैजन्य वस्तु आयात « Khabarhub

बढ्दै बाँदर समस्या, १० महिनामा ११ अर्ब बढीको मकै र मकैजन्य वस्तु आयात


१० जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो केही दशक यता नेपालको मध्य पहाडी क्षेत्रको मुख्य बाली मकैमा बाँदर समस्याका कारण ठूलो असर परेको छ । मानिसहरूले बाँदरकै कारण आफ्नो थातथलो समेत छाडेर बसाइसराइ गरेको समाचार पनि प्रकाशन भइरहेका छन् ।

तर, सरकारले भने कृषिको अर्थतन्त्रमा ठूलो योगदान रहेको रटान गरिरहेपनि कृषि क्षेत्रको संरक्षण र विकासका लागि आवश्यक पहलकदमी चाल्न इच्छा प्रकट गरेको पाइँदैन । जसले गर्दा राज्य बर्सेनि मुख्य बाली मकैमा परनिर्भर हुँदै गएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको १० महिनामा नेपालमा ११ अर्ब बढी रकम बराबरको मकै र मकैजन्य वस्तुको आयात भएको देखाएको छ ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा ६ करोड ६ लाख ५१ हजारको फ्रोजन स्वीट कर्न, १ अर्ब ४९ करोड ३३ लाख ७३ हजारको मकैको बिउ र ८ अर्ब ९२ करोड १४ लाख ३९ हजारको साधारण मकै आयात भएको छ ।

त्यस्तै, सो अवधिमा ३४ लाख ८४ हजारको मकैको पिठो, ६ करोड ५९ लाख ४७ हजारगाइवस्तुका लागि मकै, ५ करोड ६० लाख ७४ हजारको अन्य मकै, ५४ करोड ५० लाख ७० हजारको मकैको स्टार्च र १ करोड ४८ लाख ९२ हजारको मकैको तेलसँग सम्बन्धित पदार्थ आयात भएको छ ।

साथै, सो अवधिमा ८ करोड ३९ लाख ६४ हजारको कर्न फ्लेक र १ करोड ७९ लाख ९ हजारको फ्रोजन नगरिएको स्वीटकर्न आयात भएको विभागले जनाएको छ ।

विगतका संसद बैठकमा पनि केही सांसदहरूले मुलुकमा बाँदर समस्या बढ्दै गएको समाधान गर्नुपर्ने आवाज उठाउने गरेका थिए । 

साथै, पछिल्लो चालु अवस्थामा रहेको संसदमा पनि केही सांसदहरूले सो विषयमा आफ्ना विचार राख्ने गरेको पाइन्छ । तर, सरकारले भने पहाडी क्षेत्रको खेतीको संरक्षण र थप विकासको लागि समयमा व्यवहारिक एवं नीतिगत कदम चाल्न खोजेको देखिँदैन ।
 

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १२ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको