विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी « Khabarhub

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्। मौसम निगरानी एजेन्सी एक्युआई. इनका अनुसार ४५ डिग्री सेल्सियस तापक्रमसहित उत्तर प्रदेशको प्रयागराज सबैभन्दा माथि रहेको छ। शीर्ष १० मा उत्तर प्रदेशका ६ सहर छन्, जसमा बाँदा, मिर्जापुर र वाराणसी छन्।

शनिबार पनि शीर्ष ५० सबैभन्दा तातो सहरमध्ये ३७ भारतका थिए। बाँदामा तापक्रम ४६.२ डिग्री सेल्सियस मापन गरिएको थियो।

हाल भारतको आधाभन्दा बढी भूभाग भीषण गर्मी र लुबाट प्रभावित छ। मध्य प्रदेश, राजस्थान, उत्तर प्रदेश, बिहार, गुजरात, महाराष्ट र ओडिशाका धेरै क्षेत्रमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

शनिबार महाराष्ट्रको ब्रह्मपुरीमा तापक्रम ४७.१ डिग्री सेल्सियस पुगेको थियो, जुन लगातार दोस्रो दिन भारतकै सबैभन्दा तातो सहर बन्यो।

यता तेलङ्गनाका ७ जिल्लामा हिटस्ट्रोकका कारण १६ जनाको मृत्यु भइसकेको छ। मौसम विभागले हैदरावाद, रंगारेड्डी, करीमनगर, खम्मम, नलगोन्डा, सूर्यपेट, मुलुगु र महबूबनगरमा मे २६ सम्म लुको चेतावनी जारी गरेको छ। बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ।

अत्यधिक गर्मीले एसिडिटीको समस्या

देशका धेरै भागमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेकाले अपच र एसिडिटीको समस्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन्।

समयमै ध्यान नदिए समस्या गम्भीर बन्न सक्ने चेतावनी दिइएको छ। खानपान, जीवनशैलीमा परिवर्तन र घरेलु उपायमार्फत् एसिडिटी नियन्त्रण गर्न सकिने विज्ञहरूको सुझाव छ।

आगामी दुई दिनको मौसम

दिल्ली, पञ्जाब, हरियाणा, उत्तर प्रदेश र राजस्थानमा तीव्र गर्मी तथा लुको प्रभाव रहने बताइएको छ। आकाश खुला र घाम चर्को रहने अनुमान मौसम विभागको छ।

त्यसैगरी केरला, कर्नाटका, तामिल नाडु, असम र मेघालयमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ।

हरियाणा, दिल्ली, पञ्जाब, राजस्थान, छत्तिसगढ, हिमाचल प्रदेश, झारखण्ड, मध्य प्रदेश र उत्तर प्रदेशमा लुको सम्भावना छ। पश्चचिम बंगला र ओडिशामा अत्यधिक तातोले सताउने अनुमान गरिएको छ।

अरुणाचल प्रदेश, असम, मेघालय, बिहार, केरल, लक्षद्वीप र तमिलनाडुसहित धेरै क्षेत्रमा भारी वर्षाको चेतावनी जारी गरिएको छ। बिहारमा चट्याङसहित तीव्र हावाहुरी चल्न सक्ने मौसम विभागले जनाएको छ।

मध्य प्रदेशमा ४५ डिग्री पार

मध्य प्रदेशका अधिकांश सहरमा शनिबार तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। खजुराहो र नौगाउँ सबैभन्दा तातो क्षेत्र बने, जहाँ तापक्रम ४५ डिग्रीभन्दा बढी थियो। टिकमगढ, छतरपुर, पन्ना र सतनामा रेड अलर्ट जारी गरिएको छ।

उत्तर प्रदेशका १० जिल्लामा रेड अलर्ट

उत्तर प्रदेशका १० जिल्लामा लुको रेड अलर्ट र २२ जिल्लामा अरेन्ज अलर्ट जारी गरिएको छ। बाँदा प्रदेशकै सबैभन्दा तातो सहर बनेको छ। झाँसी, कानपुर र सुल्तानपुरमा पनि तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ।

राजस्थानमा १८ जिल्लामा चेतावनी

राजस्थानमा भीषण गर्मीसँगै केही क्षेत्रमा वर्षा पनि भएको छ। जयपुर, टोन्क, अलवर, हनुमानगढ र श्रीगंगानगर आसपास मौसम परिवर्तन भएको थियो। पश्चिमी राजस्थानमा लुको प्रभाव अझ बढेको छ। जैसलमेरमा तापक्रम फेरि ४६ डिग्री नजिक पुगेको छ।

बिहारका १३ सहरमा ४० डिग्री पार

बिहारका ४ जिल्लामा लुको अरेन्ज अलर्ट जारी गरिएको छ भने ५ जिल्लामा वर्षाको चेतावनी छ। देहरी क्षेत्रमा तापक्रम ४५.१ डिग्री सेल्सियस पुगेको थियो।

हरियाणामा ११ जिल्लामा लु

हरियाणाका महेन्द्रगढ, रेवाडी, झज्जर र मेवातसहित ११ जिल्लामा लुको चेतावनी जारी गरिएको छ। रोहतक सबैभन्दा तातो सहर बनेको छ। मे २८ र २९ मा केही क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

पञ्जाब–चण्डीगढमा पनि उस्तै

पञ्जाब र चन्डीगढमा आगामी तीन दिन लुको चेतावनी जारी गरिएको छ। सरकारले विद्यालय र सरकारी कार्यालयको समय परिवर्तन गरेको छ। चण्डीगढमा जुन ३० सम्म विद्यालय बन्द रहने निर्णय गरिएको छ।

उत्तराखण्डमा वर्षाको सम्भावना

उत्तारखण्डका देहरादून, टिहरी, उत्तरकाशी, रुद्रप्रयाग, चमोली, बागेश्वर र पिथौरागढमा वर्षाको सम्भावना छ। मौसम विभागका अनुसार आगामी दुई दिनमा तापक्रम १ देखि ३ डिग्री सेल्सियससम्म बढ्न सक्छ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  २ : ३९ बजे

बाजुरा-हुम्ला सीमा अध्ययन गर्न समिति गठन

काठमाडौं- सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन

एमाले सचिवालय बैठक : १९ पदाधिकारीमध्ये अध्यक्ष ओलीको बचाउमा चार नेतामात्रै उभिए

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक तीन दिनदेखि भक्तपुरको गुन्डुमा जारी

ओलीको खम्बा बनेर उभिए महेश बस्नेत : अध्यक्षको बचाउ गर्दा परेछ भने राजनीति छोड्छु, घात गर्न सक्दिनँ

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा

इरानसँग चाँडै सम्झौता हुन्छ : विदेशमन्त्री रुबियो

नयाँ दिल्ली- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वमा जारी युद्ध औपचारिक

पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि व्यवस्थापन सेवा सञ्चालन गरिने

काठमाडौं– आवश्यक पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि