पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि व्यवस्थापन सेवा सञ्चालन गरिने « Khabarhub

पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि व्यवस्थापन सेवा सञ्चालन गरिने


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आवश्यक पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि व्यवस्थापन सम्बन्धी सेवा प्रवाह गरिने भएको छ । 

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले सूचना जारी गर्दै धेरै स्थानीय तहबाट निवेदन प्राप्त भएको तर, पूर्वाधार अभावको कारण पहिलो चरणमा पूर्वाधार तयार गर्ने ३५ वटा स्थानीय तहबाट भूमि सम्बन्धी सेवा सञ्चालन गर्न खोजिएको जनाएको हो ।

मन्त्रालयले बैशाख १० गते प्रकाशन गरेको सूचनामा हालसम्म २२५ वटा स्थानीय तहले निवेदन गरेको जनाउँदै मन्त्रालयले सूचनामार्फत आवश्यक पूर्वाधारको सूची पनि सार्वजनिक गरेको छ । 

आवश्यक पूर्वाधार तयार भएपछि मन्त्रालयको इमेल ठेगानामा पत्र पठाउन मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ३ : ४० बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले