प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे विचारगोष्ठी « Khabarhub

प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे विचारगोष्ठी


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा प्रगतिशील लेखक सङ्घले आज राष्ट्रिय साहित्यिक विचारगोष्ठीको आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा जेन-जी आन्दोलनसँग सम्बन्धित कविता वाचन गरेर उद्घाटित सम्मेलनमा नेपाली प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे छलफल भएको छ ।

सङ्घका पूर्वअध्यक्ष मातृका पोखरेलद्वारा प्रस्तुत ‘प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक कार्यपत्रमा प्रलेसले नेपालको राजनीतिक परिवर्तनको कालखण्डमा सक्रिय सांस्कृतिक हस्तक्षेप र साहित्यलाई जनआन्दोलनसँग जोड्ने काम गरेको बताए । उनले वैचारिक सुदृढीकरण, साहित्यिक सृजना, समीक्षा, प्रकाशन, सङ्गठन, सङ्घर्ष, स्रष्टा हकहित र फरकफरक वाम समूहमा रहेर पनि प्रलेसभित्रको ऐक्यबद्धतामा जोड दिए ।

प्रलेसका सल्लाहकार डा विदुर चालिसेले ‘बूढानीलकण्ठ नगरपालिका : प्रगतिशील साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकामा कविता वाचन, पुस्तक विमोचन र साहित्यिक सम्मेलनहरू नियमित हुन थालेको बताए । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले कला, साहित्य र संस्कतिका क्षेत्रमा आफूहरूले सहकार्य बढाउने बताए ।

सङ्घका अध्यक्ष डा देवी क्षेत्री दुलालका अनुसार नयाँ पुस्ताको सहभागितालाई सशक्त बनाउँदै प्रगतिशील साहित्यको अनुसन्धान तथा अभिलेखकीकरण कार्यलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ४ : ३१ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको