बालेनलाई बधाई दिएका तिब्बती नेता अमेरिकी स्वतन्त्रता दिवसमा सहभागी हुने « Khabarhub

बालेनलाई बधाई दिएका तिब्बती नेता अमेरिकी स्वतन्त्रता दिवसमा सहभागी हुने


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई दिएर नेपालमा चर्चा कमाएका तिब्बती नेता पेन्पा छिरिङलाई अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको समारोहमा सहभागी हुन निम्तो दिइएको छ । तिब्बतको निर्वासित सरकारका प्रमुख छिरिङलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियाको सहभागितामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने समारोहमा सहभागिताका लागि निम्तो दिइएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार यस समारोहलाई विदेशमन्त्री रुबियोले सम्बोधन गर्ने कार्यक्रम अपेक्षा गरिएको छ । रुबियो हाल भारत भ्रमणमा रहेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चीन भ्रमणपछि दुई देशबीच सम्बन्ध सुधारको संकेत देखिएका बेला छिरिङलाई स्वतन्त्रता दिवस समारोहमा निम्तो दिनुलाई निकै चासोका साथ हेरिएको छ । छिरिङले तिब्बतमा धार्मिक स्वतन्त्रताको पक्षमा तथा दलाई लामाको उत्तराधिकारी चयन गर्ने विषयमा सम्भावित चिनियाँ हस्तक्षेपविरुद्ध अमेरिकी साथ खोजिरहेको बताइन्छ ।

छिरिङले हाल हिमाचल प्रदेशको धर्मशालामा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाका लाखौँ अनुयायीको प्रतिनिधित्व गर्छन् । हालै सम्पन्न निर्वाचनमा उनी तिब्बती प्रशासनको प्रमुखका रुपमा पुनः निर्वाचित भएका थिए ।

अमेरिकाले तिब्बती मामिलालाई निकै चासोका साथ हेर्दै आएको छ । अमेरिकाले केही वर्षअघि तिब्बती नीति तथा सहयोग ऐन पारित गरेको थियो ।

यस ऐनमार्फत् अमेरिकाले तिब्बतको निर्वासित सरकारसँग अन्तर्राष्ट्रिय कूटनीतिक संलग्नता विस्तारका लागि आह्वान गरेको छ ।

चीनले भने तिब्बत आफ्नो मुलुकको आन्तरिक मामिला भएकाले यस विषयमा अन्तर्राष्ट्रिय हस्तक्षेप अस्वीकार्य रहेको बताउँदै आएको छ । चीनले तिब्बती बौद्ध धर्म र दलाई लामाको भावी उत्तराधिकारी चयनको विषयलाई पनि निकै संवेदनशील मान्ने गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ६ : ५६ बजे

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट