खबरहबकर्मी घिमिरेसहित चारजना पत्रकार पुरस्कृत « Khabarhub

खबरहबकर्मी घिमिरेसहित चारजना पत्रकार पुरस्कृत


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

पाँचथर– खबर मिडिया ग्रुपकी राजनीतिक रिपोर्टर ज्ञानु घिमिरेलाई नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा पुरस्कृत भएकी छन् ।

महासंघ पाँचथर शाखाले वार्षिक साधारण सभामा घिमिरेलाई पुरस्कारसहित सम्मान गरेको हो ।

घिमिरे क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदा अन्य चारजना पत्रकारलाई पनि सम्मान गरिएको छ।

महासंघका पूर्वउपसभापति हर्ष सुब्बालाई स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कारले सम्मान गरिएको छ ।

फिदिम नगर विकास पत्रकारिता पुरस्कार स्थानीय पब्लिक टाइम्स साप्ताहिकका प्रकाशक, सम्पादक गणेश साम्पाङलाई प्रदान गरिएको छ।

स्वर्गीय प्रजापति-जालपादेवी खेलकुद पत्रकारिता पुरस्कार खेल पत्रकार उपेन्द्र येक्तेनलाई दिइएको छ।

स्वर्गीय हरिचरण-भद्रमाया वातावरण पत्रकारिता पुरस्कार व्यवसायी विष्णु अधिकारीलाई दिइएको महासंघ पाँचथर शाखाका अध्यक्ष भीम बास्कोटाले बताए ।

खबरहककर्मी घिमिरेको पुरस्कार उनकी आमा हरिमाया घिमिरेले लिएकी छन् । २०७७ सालमा कान्तिपुर दैनिकबाट पत्रकारिता सुरू गरेकी घिमिरे तीन वर्षदेखि खबरहबमा राजनीतिक रिपोर्टिङ गर्छिन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ७ : २२ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष