एकाएक रोकियो ‘लुसिफर राइजिङ’ नाटक, सरकारकै मान्छेको दबाब, कलाकारलाई मार्ने धम्की « Khabarhub

एकाएक रोकियो ‘लुसिफर राइजिङ’ नाटक, सरकारकै मान्छेको दबाब, कलाकारलाई मार्ने धम्की


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा मञ्चन भइरहेको एउटा नाटक सरकारले दबाब दिएर रोकेको कुरा सार्वजनिक भएको छ।

काठमाडौंको थापागाउँस्थित थियटर नेपालमा प्रदर्शन भइरहेको ‘लुसिफर राइजिङ’ नाटक एकाएक रोकिएको खुलेको हो।

नियमित मञ्चन भइरहेको उक्त नाटकले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका बेला धम्कीसमेत दिएर रोकिएको हो ।

आयोजक पक्षले आकस्मिक सूचना निकालेर नाटकको प्रदर्शन रोक्न बाध्य भएको जनाएको छ। नाटकले प्रधानमन्त्री बालेन शाहको छविमै नकारात्मक असर पर्ने निचोडसहित सरकारी तहबाटै उक्त नाटक रोक्न दबाब आएको खुलेको छ।

आयोजकले जारी गरेको सूचनामा भनिएको छ, ‘अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण ‘लुसिफर राइजिङ’ को प्रदर्शन रोक्न बाध्य भएका छौँ। यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।’

यो नाटकमा मानिसभित्रको द्वन्द्व, अन्धकार, शक्ति, चाहना र राक्षसी प्रवृत्तिलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। नाटक हेर्दा २०८२ भदौ २४ गतेको घटनाको झल्को आउने प्रतिक्रिया दर्शकबाट आइरहेको थियो ।

प्रदर्शनमा रहेको नाटक अचानक बन्द भएपछि रंगकर्मीहरू त्रसित र असन्तुष्ट हुन पुगेका छन् ।

यसअघि बादी समुदायको कथामा आधारित चलचित्र लालीबजार फिल्मविरुद्ध अदालतमा रिट नै परेको थियो । त्यसकारण यो चलचित्र विवाद सर्वोच्च अदालतमासमेत पुगेको थियो । त्यसपछि सरकारले सिर्जनामाथि अनावश्यक हस्तक्षेप नगर्ने संकेत गरेसँगै अदालतले प्रदर्शनको बाटो खोलेको थियो ।

अहिले देशका प्रधानमन्त्री कलाकारसमेत रहेका बालेन छन् । बालेनको सल्लाकार टिम नै कलाकारको छ। मुख्य सल्लहाकार कुमार बेन र राजनीतिक सल्लाहकार असीम साह कलाकार नै हुन् । उता निश्चल बस्नेतहरू पनि बालेनका अघोषित सल्लाहकार हुन् ।

कलाकारहरू नै हाबी भएको सरकार हुँदा पनि कुनै संयोगका आधारमा दबाब दिएर नाटक रोकिएको छ। यससँगै कलाक्षेत्रले पनि सरकार र तिनको नेतृत्वको आलोचना गर्न नमिल्ने अवस्था बनाउन खोजिएको भन्दै आलोचना भएको छ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ७ : ५२ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको