एमाले केन्द्रीय समिति बैठक असारमा बस्ने « Khabarhub

एमाले केन्द्रीय समिति बैठक असारमा बस्ने


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असारमा मात्रै बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले करिब एक महिनापछि मात्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका हुन् । सचिवालय बैठकले अध्यक्ष र महासचिवबीच परामर्श गरेर केन्द्रीय कमिटी बैठक बोलाउने जिम्मेवारी दिएको छ।

स्रोतले दिएको जानकारी अनुसार धेरैजना नेताहरुले तत्कालै केन्द्रीय कमिटी बैठक राख्नुपर्ने मत राखेपनि अध्यक्ष ओली मानेनन् ।

अध्यक्ष ओली केन्द्रीय कमिटी बैठकमा पनि अल्पमतमा पर्ने डर भएपछि बैठकबाट भाग्न खोजेको ती नेताको आरोप छ।

‘धेरैजना नेताको मत जेठ अन्तिमतिरै बैठक राख्नुपर्छ भन्ने थियो तर अध्यक्षज्यूले असारको १५ देखि २० को बीचमा बैठक राखौं भन्नुभयो,’ एमालेका एक सचिवालय नेताले भने, ‘कुरा नमिलेपछि अध्यक्ष र महासचिवले परामर्श गरेर केन्द्रीय कमिटी बैठक बोलाउने टुङ्गो भएको छ।’

यता पार्टीका दोस्रो र तेस्रो तहका नेताहरू भने चाँडोभन्दा चाँडो केन्द्रीय कमिटी बैठक बोलाएर पार्टीलाई रूपान्तरण पुस्तान्तरण र परिवर्तन मा लानुपर्ने मत जाहेर गर्छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ९ : ५४ बजे

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा