सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति, स्वेच्छाचारी भएको आरोप « Khabarhub

सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति, स्वेच्छाचारी भएको आरोप


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएको छ। बैठकले सरकार स्वेच्छाचारी ढंगले अघि बढिरहेको निष्कर्ष निकाल्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव लेखराज भट्टले पार्टी अध्यक्षबाट संगठनभित्र एकता कायम गर्न निर्देशन आएको जानकारी दिए । उनका अनुसार बैठकले पार्टी पदाधिकारीहरूको वरीयताक्रम यथावत् रहने निर्णयसमेत गरेको छ ।

बैठकमा सरकारका पछिल्ला गतिविधि, विशेषगरी अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्ति, संसदीय अभ्यासको उल्लंघन तथा कुशासनतर्फ उन्मुख कदमबारे विस्तृत छलफल भएको बताइएको छ ।

एमालेले लोकतान्त्रिक पद्धति, संसदीय मूल्य–मान्यता र संवैधानिक प्रक्रियालाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट गरेको छ । साथै बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे पनि छलफल भएको पार्टी स्रोतले जनाएको छ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  १० : १२ बजे

‘एसेन्सियल सिरिज’ सार्वजनिक गर्दै एलजीले थाल्यो ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियान

काठमाडौं- एलजीले नेपाली बजारलाई लक्षित गरी आफ्नो नयाँ घरेलु उपकरण

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा