काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश « Khabarhub

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश


१० जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’बाट सेमिफाइनल पुगेको हो ।

जितसँगै तीन खेल खेलेको नेपालको सात अङ्कसहित अङ्क तालिकाको शीर्षस्थानमा छ । नेपाल आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने हिजो भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई हराएको थियो ।

त्यसैगरी नेपालकै समूहमा रहेको भारत दोस्रो स्थानमा छ । भारतको पाँच अङ्क छ । त्यस्तै सोही समूहमा रहेको कीर्गिस्तानको तीन अङ्क छ भने माल्दिभ्स अङ्कविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ ।

त्यस्तै सोमबार हुने समूह ‘ए’अन्तर्गत भारत र कीर्गिस्तानको खेलपछि नेपालको समूहको विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।

नेपालले आज माल्दिभ्समाथि पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पा¥यो भने खेलको दोस्रो सेट २५–९ ले जित्यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट नेपालले माल्दिभ्समाथि २५–२० को जित निकाल्यो ।

त्यस्तै समूह ‘बी’बाट भने कजाखस्तान र इरान सेमिफाइनलमा पुगेका छन् । कजाखस्तानले बङ्गलादेशलाई ३–० सेटमा हराउँदा इरानले श्रीलङ्कालाई पनि ३–० कै सेटमा हरायो । प्रतियोगिताको समूह ‘बी’बाट श्रीलङ्का र बङ्गलादेश समूह चरणबाटै बाहिरिएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  १० : २३ बजे

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य