काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश « Khabarhub

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’बाट सेमिफाइनल पुगेको हो ।

जितसँगै तीन खेल खेलेको नेपालको सात अङ्कसहित अङ्क तालिकाको शीर्षस्थानमा छ । नेपाल आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने हिजो भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई हराएको थियो ।

त्यसैगरी नेपालकै समूहमा रहेको भारत दोस्रो स्थानमा छ । भारतको पाँच अङ्क छ । त्यस्तै सोही समूहमा रहेको कीर्गिस्तानको तीन अङ्क छ भने माल्दिभ्स अङ्कविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ ।

त्यस्तै सोमबार हुने समूह ‘ए’अन्तर्गत भारत र कीर्गिस्तानको खेलपछि नेपालको समूहको विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।

नेपालले आज माल्दिभ्समाथि पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पा¥यो भने खेलको दोस्रो सेट २५–९ ले जित्यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट नेपालले माल्दिभ्समाथि २५–२० को जित निकाल्यो ।

त्यस्तै समूह ‘बी’बाट भने कजाखस्तान र इरान सेमिफाइनलमा पुगेका छन् । कजाखस्तानले बङ्गलादेशलाई ३–० सेटमा हराउँदा इरानले श्रीलङ्कालाई पनि ३–० कै सेटमा हरायो । प्रतियोगिताको समूह ‘बी’बाट श्रीलङ्का र बङ्गलादेश समूह चरणबाटै बाहिरिएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  १० : २३ बजे

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ