भारत र जाम्बियाबीच डिजिटल स्वास्थ्य प्रविधिमा सहकार्य, ‘इभिन’ प्रणालीमार्फत औषधि आपूर्ति चुस्त बनाइने « Khabarhub

भारत र जाम्बियाबीच डिजिटल स्वास्थ्य प्रविधिमा सहकार्य, ‘इभिन’ प्रणालीमार्फत औषधि आपूर्ति चुस्त बनाइने


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) जाम्बिया र युएनडिपी भारतको समन्वयमा जाम्बियाको स्वास्थ्य मन्त्रालय, औषधि आपूर्ति निकाय तथा स्मार्ट जाम्बिया इन्स्टिच्युटबीच लुसाकामा महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ । यो बैठक भारतको सफल डिजिटल स्वास्थ्य प्रणाली ‘इलेक्ट्रोनिक भ्याक्सिन इन्टेलिजेन्स नेटवर्क’ लाई जाम्बियाको आवश्यकता अनुसार परिमार्जन गरी त्यहाँका अत्यावश्यक औषधिहरूको आपूर्ति र ट्र्याकिङ प्रणालीमा लागू गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

सन् २०२६ मे १८ देखि २२ सम्म चलेको पाँच दिने यस मिसनमा भारत र जाम्बियाका प्राविधिक विज्ञहरू सहभागी भएका थिए । ‘दक्षिण-दक्षिण सहकार्य’ अन्तर्गत भएको यो प्रयासले जाम्बियाको स्वास्थ्य क्षेत्रमा औषधिको मौज्दात, जवाफदेहिता र तथ्याङ्कमा आधारित निर्णय प्रक्रियालाई बलियो बनाउने लक्ष्य राखेको छ ।

भारतमा खोप व्यवस्थापन र तापक्रम अनुगमनका लागि विकास गरिएको यो ‘इभिन’ प्रणालीलाई अचेल विश्वभर एक उत्कृष्ट डिजिटल स्वास्थ्य समाधानका रूपमा चिनिन्छ। अहिले जाम्बियाले यसै प्रविधिलाई आफ्नो देशका सम्पूर्ण अत्यावश्यक औषधिहरूको वितरण र निगरानीका लागि प्रयोग गर्न लागेको हो।

जाम्बियाले आफ्नो स्वास्थ्य क्षेत्रलाई आधुनिक, पारदर्शी र दिगो बनाउन प्रयास गरिरहेका बेला यो सहकार्य सुरु भएको छ । यो कदम जाम्बियाको राष्ट्रिय डिजिटल रूपान्तरण र औषधि आपूर्ति प्रणालीलाई आधुनिक बनाउने योजनासँग पूर्ण रूपमा मेल खान्छ ।

पाँच दिने भ्रमणका क्रममा टोलीले स्वास्थ्य मन्त्रालय र विभिन्न निकायका वरिष्ठ अधिकारीहरूसँग छलफल गर्नुका साथै जिल्ला तथा स्वास्थ्य संस्था स्तरमै पुगेर प्राविधिक अवस्थाको निरीक्षण समेत गरेको छ । यस मिसनले डिजिटल स्वास्थ्यको क्षेत्रमा भारत र जाम्बियाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

सफल परीक्षणपछि जाम्बिया अफ्रिकी महादेशमै अत्याधुनिक औषधि आपूर्ति प्रणाली भएको देशका रूपमा अगाडि आउन सक्नेछ। यस अभियानको पहिलो चरणमा काफुई र चोङ्वे जिल्लाका स्वास्थ्य संस्थाहरूमा यो प्रणाली लागू गरिनेछ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ५ : ०९ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने