रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ « Khabarhub

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ ।’ बिहान ९ बजे नामावली प्रकाशन गर्ने भनिए पनि अहिलेसम्म सार्वजनिक नहुँदा बाँकी प्रक्रिया अघि बढ्न सकेको छैन ।

निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।

मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा २० मिनेट लाग्ने विद्युतीय उपकरणका प्राविधिक नवराज पाण्डेले जानकारी दिए । प्रतिनिधि सबैले मतदान गरे कम्तीमा १५ देखि बढीमा २० घण्टासम्म लाग्ने उनको भनाइ छ ।

पार्टी सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । सभापतिमा उनको मात्र एकल उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ९ : ४७ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको