लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो « Khabarhub

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व उपविजेता क्रोएसियाले फिफा विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने आफ्नो सम्भावना कायमै राखेको छ । यो हारसँगै समूह चरणको एक खेल बाँकी छँदै पानामा प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

टोरन्टोमा भएको समूह ‘एल’ को प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई जिताउन वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्टे बुदिमिरले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले दोस्रो हाफको सुरुमै टोलीमा दुई आक्रामक परिवर्तन गरेका थिए । प्रशिक्षकको त्यो रणनीति खेलको ५४ औं मिनेटमा सफल भयो, जब जोसिप स्टानिसीचको क्रसमा ओसासुनाका फरवार्ड बुदिमिरले पोस्टको नजिकैबाट उत्कृष्ट गोल गरे ।

यस जितसँगै क्रोएसियाका कप्तान लुका मोड्रिचको २०० औं अन्तर्राष्ट्रिय खेल सुखद बनेको छ । ४० वर्षीय भेट्रान मिडफिल्डर मोड्रिच पुरुष फुटबल इतिहासमा २०० अन्तर्राष्ट्रिय खेल खेल्ने विश्वकै चौथो खेलाडी बनेका छन् । उनी खेलको ८१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

पहिलो हाफमा पानामाको तीव्र गतिको आक्रमणले सन् २०१८ को उपविजेता क्रोएसियालाई निकै दबाबमा राखेको थियो, तर पानामाले गोलको अवसरलाई सदुपयोग गर्न सकेन । पहिलो खेलमा इङ्ल्यान्डसँग पराजित भएको पानामाको यो लगातार दोस्रो हार हो ।

समूह ‘एल’ मा पहिलो अंक जोडेको क्रोएसियाले अब शनिबार घानाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जित हात पारे क्रोएसियाको नकआउट चरणको यात्रा सुरक्षित हुनेछ । यसअघि मंगलबार भएको सोही समूहको अर्को खेलमा इङ्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ७ : ०९ बजे

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय

टस जितेर काठमाडौँले सुदूपश्चिमलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा