कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित « Khabarhub

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले कंगो प्रजातान्त्रिक गणतन्त्र (डीआर कंगो) माथि १–० को कठिन जित दर्ता गरेको छ । बुधबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई जिताउन ड्यानियल मुनोजले गरेको एकमात्र गोल निर्णायक बन्यो । यो जितसँगै कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको छ । लगातार दुई जित निकाल्दै एक खेल अगाडि नै ६ अंक बनाएको कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा मुनोजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको अन्तिम समयतिर डीआर कंगोले खेलमा फर्कन निकै प्रयास गरेपछि सफल भएन।

खेल सकिनै लाग्दा कोलम्बियाले गरेका दुई गोल अफसाइट भएका थिए । यो जितसँगै समूह ‘के’ मा कोलम्बियाले नकआउट चरण पुगेको हो । प्रवेश गरेको छ । लगातार दुई जित निकाल्दै एक खेल अगाडि नै ६ अंक बनाएको कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको हो । पहिलो खेलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ गोल अन्तरको जित निकालेको थियो । यो समूहको पोर्चुगलले दुई खेलबाट चार अंक जोडेको छ भने कंगोको एक अंक छ । उज्वेकिस्तान भने अंकबिहीन छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ९ : ५० बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा