कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित « Khabarhub

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले कंगो प्रजातान्त्रिक गणतन्त्र (डीआर कंगो) माथि १–० को कठिन जित दर्ता गरेको छ । बुधबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाई जिताउन ड्यानियल मुनोजले गरेको एकमात्र गोल निर्णायक बन्यो । यो जितसँगै कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको छ । लगातार दुई जित निकाल्दै एक खेल अगाडि नै ६ अंक बनाएको कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा मुनोजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको अन्तिम समयतिर डीआर कंगोले खेलमा फर्कन निकै प्रयास गरेपछि सफल भएन।

खेल सकिनै लाग्दा कोलम्बियाले गरेका दुई गोल अफसाइट भएका थिए । यो जितसँगै समूह ‘के’ मा कोलम्बियाले नकआउट चरण पुगेको हो । प्रवेश गरेको छ । लगातार दुई जित निकाल्दै एक खेल अगाडि नै ६ अंक बनाएको कोलम्बिया अघिल्लो चरण प्रवेश गरेको हो । पहिलो खेलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ गोल अन्तरको जित निकालेको थियो । यो समूहको पोर्चुगलले दुई खेलबाट चार अंक जोडेको छ भने कंगोको एक अंक छ । उज्वेकिस्तान भने अंकबिहीन छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ९ : ५० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण