प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’ « Khabarhub

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक गर्दै चितवन भ्रमणको प्रवर्द्धन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा भाग लिन चितवन पुगेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत चितवनको आतिथ्यताको प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री शाहले फेसबुकमा आफ्नी पत्नी सविना काफ्ले र छोरीका साथमा होटलमा खिचिएको एउटा पारिवारिक तस्बिर पोस्ट गर्दै छोटकरीमा लेखेका छन्, “भिजिट चितवन, न्यानो ठाउँ 🙂” (Visit Chitwan, Nyaano Thaun) ।

कार्यव्यस्तताका बीच प्रधानमन्त्री शाहले परिवारसहितको तस्बिर सार्वजनिक गरेका हुन् । रास्वपा महाधिवेशनको विशेष माहोलका बीच चितवनको होटलमा फुर्सदको समयमा खिचिएको उक्त तस्बिर र पोस्टले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिएको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ११ : ०६ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट