प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’ « Khabarhub

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक गर्दै चितवन भ्रमणको प्रवर्द्धन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा भाग लिन चितवन पुगेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत चितवनको आतिथ्यताको प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री शाहले फेसबुकमा आफ्नी पत्नी सविना काफ्ले र छोरीका साथमा होटलमा खिचिएको एउटा पारिवारिक तस्बिर पोस्ट गर्दै छोटकरीमा लेखेका छन्, “भिजिट चितवन, न्यानो ठाउँ 🙂” (Visit Chitwan, Nyaano Thaun) ।

कार्यव्यस्तताका बीच प्रधानमन्त्री शाहले परिवारसहितको तस्बिर सार्वजनिक गरेका हुन् । रास्वपा महाधिवेशनको विशेष माहोलका बीच चितवनको होटलमा फुर्सदको समयमा खिचिएको उक्त तस्बिर र पोस्टले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिएको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ११ : ०६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का