विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’ « Khabarhub

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी ३९ वर्षमा प्रवेश गरेका छन् । अर्जेन्टिनी फुटबल संघले सामाजिक सञ्जालमा ‘#SaludoAlbiceleste’ ह्यासट्याग प्रयोग गर्दै आफ्ना ऐतिहासिक कप्तानलाई जन्मदिनको शुभकामना दिएको छ ।

विश्वकप २०२६ को सरगर्मीका बीच अर्जेन्टिनी टोलीले मेसीको जन्मदिन मनाउँदै लेखेको छ, “लियोनेल मेसीलाई ३९ वर्षको हार्दिक शुभकामना: विश्व फुटबलको इतिहास बदल्ने मानिस । जन्मदिनको शुभकामना, कप्तान !”

सन् २०२२ मा कतार विश्वकपको उपाधि दिलाएर अर्जेन्टिनाको ३६ वर्ष लामो प्रतीक्षा समाप्त पारेका मेसी हाल अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा टोलीको नेतृत्व गरिरहेका छन् । उनको कप्तानीमा अर्जेन्टिनाले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरण (अन्तिम ३२) मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । आठ पटकका ब्यालोन डी’ओर विजेता मेस्सीको जन्मदिनको अवसरमा विश्वभरका लाखौं प्रशंसक र फुटबल जगतका हस्तीहरूले उनलाई शुभकामना दिइरहेका छन् ।

उनले यो विश्वकपका दुई खेलमा पाँच गोल गरिसकेका छन् । उनले विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले विश्वकपमा १८ गोल गरेका छन्।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ११ : १८ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई