दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान « Khabarhub

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएको छ । 

कावासोती नगरपालिका पशुपन्छी विकास उपशाखाका पशु विकास अधिकृत अच्युत आचार्यका अनुसार दुग्ध उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले यहाँका किसानलाई चालु आर्थिक वर्षमा २८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

 नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर दुई अनुदान रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

नगरभित्रका पाँचवटा सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको हो । दुग्ध उत्पादन गर्ने किसानले सहकारीमा बिक्री गरेको दूधका आधारमा सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराइएको हो ।

कावासोती नगरपालिकाका पाँचवटा सहकारीमा सङ्कलन भएको दूधका आधारमा १५ लाख ४३ हजार ११३ लिटरका लागि अनुदान उपलब्ध गराइएको आचार्यले बताए । 

गत वर्षको उत्पादनका आधारमा रु २८ लाख अनुदानका लागि विनियोजन गरिएकामा यसपटक उत्पादन वृद्धि भएकाले सोहीअनुसार केही अनुदानको दरलाई कम गरेर सबै किसानलाई अनुदान उपलब्ध गराएको उनले जानकारी दिए । 

दूधमा प्रदान गरिएको अनुदानले थोरै भए पनि किसानले लाभ लिएको र उत्पादन लागत घटाउन सहयोग पुगेको उनले बताए ।

साना किसान कृषि सहकारी संस्था कावासोती–१४, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती–८, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती–१७, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती–२ र नमूना दुग्ध उत्पादक सहकारी कावासोती–१७ मार्फत सङ्कलित दूधका लागि किसानलाई अनुदान उपलब्ध गराइएको हो । 

यी सहकारीमा बिक्री भएको दूधका किसानलाई सहकारीले दिने दरमा नगरपालिकाको अनुदान थप गरेर दिने व्यवस्था गरिएको छ ।

नगरप्रमुख विष्णुप्रसाद भुसालका अनुसार उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने भएकाले नगरपालिकाले सोही आधारमा अनुदान उपलब्ध गराउँदै आएको छ । 

दूधमा अनुदान दिँदा किसानको उत्पादन लागत घटाउन सहयोग पुग्ने र यसले किसानलाई फाइदा पुग्ने र उत्पादन बढाउन हौसला मिल्ने विश्वास नगरपालिकाले लिएको छ ।

कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षक पनि उत्पादनमा आधारित अनुदानका लागि रु ५४ लाख बजेट विनियोजन गरेको छ । 

दूध, माछापालनसहितका कार्यक्रममार्फत किसानलाई अनुदान दिन नगरपालिकाको मङ्गलबार भएको नगरसभाले उक्त रकम विनियोजन गरेको पशु विकास अधिकृत आचार्यले जानकारी दिए । रासस

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १२ : २९ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र