ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « Khabarhub

ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– व्यास नगरपालिकाका १३ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । 

मोतियाबिन्दु रोगका कारण समस्यामा परेका १३ जना ज्येष्ठ नागरिकको आँखाको मंगलबार हिमालय आँखा अस्पताल, घारीपाटन पोखरामा शल्यक्रिया गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

शल्यक्रियापछि ज्येष्ठ नागरिकले पुनः स्पष्ट रूपमा देख्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले उपचारका लागि आवश्यक समन्वय, व्यवस्थापन तथा सहयोग गरेकामा व्यास नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् ।  

स्वास्थ्य शाखा प्रमुख सोतीले ज्येष्ठ नागरिकको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । 

व्यास नगरपालिकाले जलेश्वर ज्येष्ठ नागरिक सेवा केन्द्र व्यास–१ को सहकार्यमा सञ्चालन गरेको आँखा परीक्षण शिविरबाट मोतियाबिन्दु पहिचान भएका ज्येष्ठ नागरिकलाई शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन तथा सहजीकरण गरेको थियो ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : ०६ बजे

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय