बजारमा सेरोफ्लो रोटाक्यापको नक्कली औषधि फेला, सर्तक रहन विभागको आग्रह « Khabarhub

बजारमा सेरोफ्लो रोटाक्यापको नक्कली औषधि फेला, सर्तक रहन विभागको आग्रह


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीले प्रयोग गर्ने ‘सेरोफ्लो रोटाक्याप’ औषधिको नक्कली संस्करण बजारमा बिक्री–वितरण भइरहेको फेला परेको छ । 

औषधि व्यवस्था विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त औषधिको नक्कली ब्याच बजारमा भेटिएको पुष्टि गरेको हो । विभागका अनुसार भारतको सिप्ला लिमिटेड, कुम्रेक, राङपो, सिक्किमद्वारा उत्पादित ‘सेरोफ्लो रोटाक्याप्स’ (साल्मेटेरोल तथा फ्लुटिकासोन प्रोपियोनेट इनहेलेसन पाउडर)को नक्कली रूप बजारमा देखिएको छ । 

यसले बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

विभागले सक्कली र नक्कली औषधिबीचका विभिन्न भिन्नता सार्वजनिक गर्दै औषधिको लेबुल, चेतावनी विवरण, उत्पादक कम्पनीको नाम तथा ब्याच विवरण ध्यानपूर्वक हेरेर मात्रै बिक्री, सिफारिस वा प्रयोग गर्न निर्देशन दिएको छ । 

सूचनाअनुसार नक्कली औषधिमा ‘निल्न नहुने’ भन्ने चेतावनी पछाडिको पूर्णविरामको रङ फरक रहेको, विभिन्न शब्दहरूको हिज्जे त्रुटिपूर्ण रहेको तथा उत्पादक कम्पनीको नामसमेत गलत छापिएको पाइएको छ । 

यस्तै, उत्पादकको ठेगाना, पिनकोड तथा चेतावनी खण्डमा समेत सक्कली औषधिसँग नमिल्ने विवरण भेटिएको विभागले जनाएको छ । नक्कली फेला परेको औषधिको उत्पादन मिति अप्रिल २०२५ र उपभोग्य मिति मार्च २०२७ रहेको छ। उक्त औषधिको ३० क्याप्सुलको मूल्य करसहित ५७३ रुपैयाँ ८५ पैसा उल्लेख गरिएको छ।

विभागले बिरामीहरूलाई आफूले प्रयोग गरिरहेको औषधि शंकास्पद लागेमा तत्काल प्रयोग बन्द गरी खरिद गरेको औषधि पसललाई जानकारी गराउन आग्रह गरेको छ । साथै औषधि पसल तथा फर्मासिस्टहरूलाई उक्त औषधिको बिक्री–वितरण रोक्न, मौज्दात अलग राखी सम्बन्धित थोक विक्रेतामार्फत फिर्ता पठाउन निर्देशन दिएको छ ।

त्यस्तै, थोक बिक्रेताहरूलाई बजारमा आपूर्ति गरिसकेको परिमाण फिर्ता मगाइ पुनः बिक्री हुन नदिने व्यवस्था मिलाउन तथा त्यसबारे विभागलाई लिखित जानकारी गराउन विभागद्वारा जारी सूचनामा भनिएको छ।

विभागले औषधि खरिद गर्दा उत्पादक कम्पनीका आधिकारिक विक्रेताबाट मात्र खरिद गर्न र शंकास्पद औषधिबारे तत्काल जानकारी दिन सबै सरोकारवालासँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १२ : ५४ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक