तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए « Khabarhub

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार  ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती मतदाता थपिएका हुन् । 

उक्त निर्वाचनपछि १८ हजार छ सय २२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम  थिए ।

आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनलगायत कार्य सञ्चालन गरिरहेको उनले बताए ।

स्थानीय तह निर्वाचनको तयारी सम्बन्धमा यही असार ४ गतेको राष्ट्रियसभाको राष्ट्रिय समावेशीकरणको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका पदाधिकारीसँग छलफल भएको थियो । 

निर्वाचन हुने निर्धारित मितिभन्दा कम्तीमा छ महिना अगावै निर्वाचन घोषणा, समयमा आवश्यक बजेट उपलब्ध गराउने, आयोग तथा मातहतका निकायका रिक्त पद पूर्ति , मतदाता नामावली व्यवस्थापन प्रणाली स्तरोन्नति, आधुनिक उपकरणबाट मतपत्र छाप्ने तथा गलत सूचना प्रवाह हुन नदिन प्रभावकारी संयन्त्र विकास विषयमा सुझावहरू प्रस्तुत भएका थिए ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : ०८ बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना