अमेरिकालाई इरानको चुनौती : परमाणु केन्द्रमा अन्तर्राष्ट्रिय निगरानी तत्काल नस्वीकार्ने « Khabarhub

अमेरिकालाई इरानको चुनौती : परमाणु केन्द्रमा अन्तर्राष्ट्रिय निगरानी तत्काल नस्वीकार्ने


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको र सम्झौताका लागि लगभग सबै सर्त मान्न तयार रहेको दाबी गरेका छन्।

उनले धेरै दशकयता पहिलोपटक इरानले अमेरिका र अमेरिकी राष्ट्रपतिको यति धेरै सम्मान गरिरहेको दाबी पनि गरेका छन्।

सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै उनले अमेरिकी सिनेटमा ‘वार पावर्स एक्ट’ सम्बन्धी प्रस्तावमाथि भएको मतदानको आलोचना पनि गरे।

यो गलत समयमा गरिएको अनावश्यक कदम भएको उनले बताएका छन्। सिनेटको उक्त मतदानले संसारकै सबैभन्दा ठूलो आतंकवाद समर्थक राष्ट्रलाई अमेरिका उनको नीतिसँग सहमत छैन र उनलाई कारबाही रोक्नुपर्ने सन्देश दिएको जिकिर गरे।

ट्रम्पले चारजना रिपब्लिकन सिनेटरले डेमोक्र्याट सांसदहरूसँग मिलेर मतदान गरेको आरोप लगाउँदै यसले इरानसँगको वार्तालाई अझ कठिन बनाएको बताएका छन्।

परमाणु केन्द्रको निगरानी नहुने

उता अमेरिकी दाबीविपरीत इरानले हाल आफ्नो परमाणु केन्द्रहरूमा अन्तर्राष्ट्रिय निगरानी पुनःस्थापना गर्ने कुनै योजना नरहेको जनाएको छ।

तेहरानले स्विट्जरल्यान्डमा भएको वार्ताका क्रममा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई फर्कन दिने विषयमा कुनै ग्यारेन्टी नदिएको स्पष्ट पारेको छ।

इरानी अधिकारीहरूका अनुसार आईएईएका महानिर्देशक राफाएल ग्रोसीसँग कुनै भेटवार्ता भएको छैन । परमाणु निरीक्षणबारे कुनै सहमति पनि नभएको उनीहरूको भनाइ छ।

यो प्रतिक्रिया ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान निरीक्षकहरूलाई पुनः प्रवेश दिन सहमत भएको दाबी गरेपछि आएको हो।

यद्यपि, इरानले भविष्यमा यस्तो सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेको छैन। अधिकारीहरूका अनुसार यस विषयमा कुनै निर्णय भएमा त्यसका लागि देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को स्वीकृति आवश्यक पर्नेछ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : ०० बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही