महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम « Khabarhub

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

देवदह– महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं वडा कार्यालयले १० दिने अचार बनाउने तालिम सञ्चालन गरेको छ ।

वडामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीका लागि १० दिने निःशुल्क अचार बनाउने तालिम सञ्चालन गरिएको वडाध्यक्ष दामोदर शर्मा घिमिरेले जानकारी दिए । 

वडा कार्यालयको आयोजना तथा आधार तालिम सेन्टरको व्यवस्थापनमा भैरहवामा सञ्चालित तालिममा २७ जना महिलाको सहभागिता छ । महिलालाई आयआर्जन र उद्यमशीलतासँग जोड्न तालिम सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् ।

‘तालिम लिएर मात्र हुँदैन, यसको सदुपयोग गर्नुपर्छ, तालिम निःशुल्क भनिए पनि तपाईँहरूले सरकारलाई तिरेको करबाट सञ्चालन गरिएको हो’, उनले भनिन् । तालिममा पाएको प्रमाणपत्र घरमा मात्र राखेर यसको उपलब्धि नहुने भएकाले आर्थिक उपार्जनमा लाग्न उनले महिलाहरूलाई आग्रह गरिन्।

त्यस्तै आधार तालिम सेन्टरका प्रमुख अनिल केसीले केही सहयोग गर्नुपरे सहयोग गर्ने बताए । तालिममा सहभागी (प्रशिक्षार्थी) अनुपा पाण्डेले तालिममा प्रशिक्षकले राम्रोसँग ज्ञान दिएको बताइन् । 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : ३६ बजे

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन