फ्लपको ताजा पीडामा रहेका जितुको अर्को फिल्म २ महिनालाई धकेलियो « Khabarhub

फ्लपको ताजा पीडामा रहेका जितुको अर्को फिल्म २ महिनालाई धकेलियो


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जितु नेपाल ‘मुन्द्रे’ले निर्माण र अभिनय गरेको ‘आई एम जितबहादुर’ बक्स अफिसमा फ्लप भएपछि अर्को फिल्मको प्रदर्शन मिति दुई महिनापछिलाई सारिएको छ ।

छैटौं दिनमा प्रदर्शनरत जितुको फिल्मले ४० लाख पनि ग्रस कलेक्सन गर्न सकेको छैन । सोहीकारण उनी दर्शकले फिल्मलाई माया नगरेकाले सिंगो क्षेत्र धरासायी बन्ने जोखिम बढेको बताउँदै आएका छन् ।

आफ्नो फिल्म हेर्न एकदमै कम दर्शक आएको विषयलाई उनले घरेलु फिल्मप्रति दर्शकको वास्ता नै नरहेकोरुपमा चर्चा गरेका हुन् ।

उनको फिल्म फ्लप भएको ताजा अवस्थामा साउन १ लाई प्रदर्शन मिति तोकिएको जितु शीर्ष भूमिकामा रहेको ‘कार्की साइँला’ पछि सरेको छ । दुई महिना पछि सरेको यस फिल्मको नयाँ प्रदर्शन मिति असोज २ लाई तोकिएको छ ।

यस फिल्मको प्रदर्शन मिति हेरफेर हुनुलाई बक्स अफिसमा जितु लगातार फ्लप भएको कोणबाट पनि चर्चा गर्न सकिन्छ । निर्माण पक्षले प्रदर्शन मिति परिवर्तनबारे ठोस कारण पनि देखाएको छैन ।

यो फिल्ममा जितु र नायिका प्रियना आचार्य शीर्ष भूमिकामा छन् । राजेन्द्र बस्नेतको निर्देशनमा यो फिल्मको छायाङ्कन भइसकेको छ ।

दुई महिनापछि सर्दा पनि यो फिल्म ‘झिँगे दाउ’सँग बक्स अफिस प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : ४७ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी