ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट « Khabarhub

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  

बुधबार ललितपुरमा आयोजित महानगरको नवौं नगरसभामा महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । 

चालू आर्थिक बर्षका लागि महानगरले ७ अर्व ४७ करोड ४१ लाख ६७ हजारको बजेट ल्याएको थियो । बजेटलाई मितव्ययी, पारदर्शी, औचित्यपूर्ण रुपमा खर्च गर्नेगरी आगामी आर्थिक वर्षका लागि चालू खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार विनियोजन गरेको उनले बताइन् ।

त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार विनियोजन गरिएको उनले बताइन् । उनले कला, संस्कृति तथा सम्पदाको समुचित संरक्षण र सम्वद्र्ध, स्थानीय स्रोत साधनको संरक्षण र समुचित परिचालन तथा सार्वजनिक जग्गाको संरक्षण, विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन, वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनमा बजेटले जोड दिएको बताइन् । 

त्यसैगरी सम्पदा तथा सांस्कृतिक एवं धार्मिक पर्यटनको प्रवद्र्धन, अपाङ्गता मैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बाल मैत्री व्यवहार तथा व्यवस्था, विपत जोखिम न्यूनीकरण र उद्धार, उद्यमशीलता विकास मार्फत रोजगार प्रवद्र्धन तथा गरीबी न्यूनीकरण लगाएतमा समेत महानगरले बिशेष प्राथमिकता दिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ६ : ५६ बजे

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर