दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ? « Khabarhub

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । 

स्थानीय तहहरूले संवैधानिक व्यवस्थाअनुसार असार १० गते गाउँसभा तथा नगरसभामार्फत आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

जिल्लाको सदरमुकाम रहेको भीमेश्वर नगरपालिकाले सबैभन्दा ठूलो ८९ करोड ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख कमला बस्नेतले नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी जिरी नगरपालिकाले ५९ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। १८औँ नगरसभामा नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकातर्फ तामाकोशी गाउँपालिकाले ८२ करोड १० लाख रुपैयाँको बजेट ल्याउँदै जिल्लामै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ।

 त्यसपछि कालिन्चोक गाउँपालिकाले ६४ करोड ७० लाख, विगु गाउँपालिकाले ६१ करोड ६९ लाख तथा शैलुङ गाउँपालिकाले ६१ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । शैलुङ गाउँपालिकाले चालुतर्फ ३४ करोड ५० लाख र पुँजीगततर्फ २७ करोड १० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

यस्तै, गौरीशंकर गाउँपालिकाले ५९ करोड ३८ लाख रुपैयाँ तथा मेलुङ गाउँपालिकाले ५४ करोड ५४ लाख रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका छन् ।

यसैबीच वैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ५७ लाख ४३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा सुरु भएको गाउँसभाको १९औँ अधिवेशनमा उपाध्यक्ष कल्पना उप्रेतीले नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् ।

वैतेश्वरले चालुतर्फ ३५ करोड २७ लाख रुपैयाँ तथा पुँजीगततर्फ १४ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले आन्तरिक राजस्वबाट १ करोड ९० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य समेत निर्धारण गरेको छ ।

आगामी आर्थिक वर्षका लागि कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, खानेपानी तथा सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । 

साथै उद्यमशीलता विकास, रोजगार सिर्जना, व्यवसाय प्रवर्द्धनमा अनुदान, पशुपालन क्षेत्रको प्रवर्द्धन तथा गाई–भैँसी सुत्केरी भत्ता कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । कृषि क्षेत्रलाई थप उत्पादनमुखी बनाउन ‘एक वडा–एक कृषि कार्यक्रम’ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कुन पालिकाको कति बजेट ?
भीमेश्वर नगरपालिका
८९ करोड ४० लाख
तामाकोशी गाउँपालिका
८२ करोड १० लाख
कालिन्चोक गाउँपालिका
६४ करोड ७० लाख
विगु गाउँपालिका
६१ करोड ६९ लाख
शैलुङ गाउँपालिका
६१ करोड ६० लाख
जिरी नगरपालिका
५९ करोड ७१ लाख
गौरीशंकर गाउँपालिका
५९ करोड ३८ लाख
मेलुङ गाउँपालिका
५४ करोड ५४ लाख
वैतेश्वर गाउँपालिका
४९ करोड ५७ लाख ४३ हजार, सबै स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार तथा उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । सुवाश बस्नेत/दोलखा
 

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ७ : ०५ बजे

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर