रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान « Khabarhub

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि आज हुने भनिएको मतदान निर्धारित समयमा सुरु हुन नसकेपछि सारिएको छ।

निर्वाचन समितिले बिहान साढे ८ बजेदेखि मतदान गर्ने कार्यतालिका तय गरेको थियो। तर विद्युतीय मतदान प्रणालीसँग सम्बन्धित प्राविधिक तयारी पूरा हुन नसकेपछि मतदान प्रक्रिया स्थगित गरिएको हो।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार विद्युतीय मेसिनको व्यवस्थापन तथा परीक्षणको काम जारी रहेकाले मतदान राति १० बजेदेखि सुरु गरिने निर्णय गरिएको छ। उनका अनुसार प्राविधिक टोलीले मतदान प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक काम गरिरहेको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार मतदान राति १० बजेदेखि सुरु भई भोलि बिहान १० बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट आफ्नो मताधिकार प्रयोग गर्नेछन्।

निर्वाचन समितिका अनुसार एक प्रतिनिधिले आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ। प्रतिनिधिको संख्या धेरै भएकाले मतदान प्रक्रिया लामो समयसम्म सञ्चालन गर्नुपर्ने अवस्था आएको समितिको भनाइ छ।

रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनमा जारी छ। नेतृत्व चयन र संगठनात्मक संरचना निर्माणका लागि भइरहेको महाधिवेशनलाई पार्टीको महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ। मतदानपछि मतगणना र नतिजा सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ९ : ११ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट