मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू) « Khabarhub

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ । त्यही भीरबाट उर्लिन्छ– भाङ्गे झरना ।

नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केहीबेर अड्याउँछ । पानीको बहाव बढेसँगै उत्तरगया गाउँपालिका–२ स्थित झरनाको चमक यतिबेला झनै बढेको छ ।

सडकसँगै रहेको र सहज पहुँचका कारण नुवाकोट, काठमाडौँ, धादिलगायत विभिन्न स्थानबाट पर्यटक भाङ्गे झरनाको अवलोकन गर्न पुग्ने गरेका छन् । यो झरना चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्डमा पर्छ । यो झरनाको उचाइ १ सय ८१ मिटर छ ।

२०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदी बताउँछन् ।

दैनिक तीनदेखि चारसय जनाको हाराहारीमा पर्यटक झरना हेर्न आउने गरेको उनले सुनाए । ‘शुक्रबार–शनिबार त अझै ५ सय जनासम्म आउनुहुन्छ । खान–बस्न पनि समस्या छैन । नजिकै होटेल र होमस्टे नै चलेका छन्,’ उनले भने ।

उनकाअनुसार चालु आर्थिक वर्षमा झरनाको पूर्वाधार व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारबाट ४० लाख रुपैयाँ विनियोजन भएको छ ।

झरनाबाट खसेको पानी तलपट्टि रहेको तलाउमा पुग्छ । पर्यटकहरु तलाउमा पौडिरहेको भेटिन्छन् । अग्लो भीरबाट झरेको झरनाको पानी त्रिशूली नदीमा मिसिन्छ ।

मुख्यतः असार, साउन र भदौमा झरनामा पानीको बहाब निकै बढ्छ । यसपछि हिउँदसम्म क्रमशः पानीको बहाब घटेर झरना सुक्ने अवस्थासम्म पुग्छ । बर्खा सकिएपछि पानीको बहाव निकै घट्ने, कतिपय समयमा झरना सुक्ने भएकाले यसको आकर्षण पनि मौसमी रूपमा सीमित हुने गरेको छ ।

काठमाडौँको टोखाबाट करिब ७० किलोमिटर तथा नुवाकोट सदरमुकाम विदुरबाट करिब १८ किलोमिटर दूरीमा छ । पर्यटकको सुविधाका लागि झरना छेउको डाँडामा भ्यूपोइन्ट पनि छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ९ : २३ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक