अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो « Khabarhub

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ।

कृष्ण मन्दिर धर्मशालामा अनशनरत केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा सुगरको मात्रा निकै कम देखिएपछि चिकित्सकले तत्काल आईसीयूमा राखेर उपचार गर्न सिफारिस गरेका थिए।

 सोही अनुसार उनलाई अस्पताल लगिएको डाक्टर केसीका सहयोगी अमृत जैशीले बताए ।

केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीमा २४औं सत्याग्रहमा बसेका हुन् । उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि मांसपेशी बाउडिने, बोल्न पनि असहज हुने, खुट्टाको अप्रेसन गरेका कारण हिँडडुल गर्न पनि कठिन भइरहेको थियो ।

डा. केसी विभिन्न पाँच बुँदे मागसहित अनशनमा छन्। सरकारले मागबारे वार्तामार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएको भए पनि केसीले आफ्ना मुख्य मागमा अडिग रहेको बताएका छन्।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १ : ०० बजे

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव