किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु « Khabarhub

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने झन्डै १०० जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किभको केन्द्रबाट करिब २०–३० किलोमिटर टाढा बुचा जिल्लास्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। घटनामा २७ वटा घर र ४४ वटा सवारीसाधनमा क्षति पुगेको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि आपत्कालीन टोली परिचालन गरिएको क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ।

आक्रमण अमेरिकी रक्षा कम्पनी रेथियनका प्रतिनिधिसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भेटवार्ता गरेको भोलिपल्ट भएको हो। भेटका क्रममा दुवै पक्षबीच ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेप्यास्त्रको संयुक्त उत्पादनबारे छलफल भएको थियो। आक्रमणपछि जेलेन्स्कीले युक्रेनको हवाई सुरक्षा सुदृढ गर्न ‘प्याट्रियट’ प्रणालीको आपूर्ति बढाउनुपर्नेमा जोड दिएका छन्।

युक्रेनी रक्षा उद्योग परिषद्का अनुसार आक्रमण हुँदा कार्यक्रमस्थलमा रक्षा उद्योगसँग सम्बन्धित प्रतिनिधिहरू उपस्थित थिए। महान्यायाधिवक्ता रुस्लान क्राभचेन्कोले घटनाको युद्ध अपराधका रूपमा अनुसन्धान सुरु गरिएको र कार्यक्रमको सुरक्षा व्यवस्थाबारे पनि छुट्टै छानबिन भइरहेको जानकारी दिएका छन्।

यसैबीच, युक्रेनले रुसभित्र लामो दूरीका ड्रोन आक्रमणलाई निरन्तरता दिएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले किरोभ क्षेत्रको एक सैन्य उद्योग र सीमाबाट करिब १,३५० किलोमिटर टाढाको तेल पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको छ।

किरोभ क्षेत्रका गभर्नर अलेक्जेन्डर सोकोलोभका अनुसार उक्त आक्रमणमा छ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। रुसी रक्षा मन्त्रालयले भने शुक्रबार राति विभिन्न क्षेत्रमा प्रहार गरिएका ५७१ युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया