मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने « Khabarhub

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १० वटा पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने बताएकी छन् ।

सङ्घ–प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्‍याउने उद्देश्यले प्रदेश सरकारको सिफारिसका आधारमा १० पालिका छनोट गरिने जानकारी दिइन्।

उनले नीति निर्माणभन्दा कार्यान्वयनलाई अब विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अनुसन्धानबाट प्राप्त उपलब्धिलाई किसानसम्म पुर्‍याउन, कृषि उत्पादन वृद्धि गर्न तथा आधुनिक प्रविधिबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउन कार्यक्रम सञ्चालन गरिने बताइन् ।

मन्त्री चौधरीका अनुसार कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि, प्राविधिक सेवा, तालिम, परामर्श तथा प्रविधि हस्तान्तरणलाई विशेष प्राथमिकता दिइनेछ। साथै, प्राङ्गारिक खेतीको प्रवर्द्धन गर्दै माटोको उर्वरा शक्ति संरक्षण, सुरक्षित खाद्य उत्पादन र दिगो कृषि प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरिन्।

उनले कृषि, वन तथा पर्यावरण क्षेत्रको दिगो विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, स्रोत–साधनको उचित परिचालन तथा साझा योजनामार्फत अघि बढ्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारबाट आएका सुझावलाई सङ्घीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्दै कृषि कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १ : ४४ बजे

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

जनकपुरधाम– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन– रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने

काठमाडौं– खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख

पेपर लिक रोक्न नसकेको भन्दै मोदीमाथि राहुल गान्धीको व्यंग्य

काठमाडौं– भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले परीक्षा