‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’ « Khabarhub

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन तथा समुदाय-प्रहरी साझेदारीबाट मात्र शान्तिपूर्ण समाज निर्माण सम्भव हुने बताएका छन् ।

बेलायत सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा निर्माण सम्पन्न भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा प्रहरी आवासका लागि निर्मित भवनको आज उद्‌घाटन गर्दै उनले शान्तिपूर्ण समाज निर्माणमा प्रहरीको एकल प्रयास पर्याप्त नहुने भएकाले समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित समस्या संवेदनशील र विशिष्टीकृत प्रकृतिका हुने भएकाले ती विषयलाई उच्च प्राथमिकतामा राखी विशेषज्ञतापूर्ण ढङ्गबाट सम्बोधन गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक कार्कीले हरेक नागरिकप्रति सम्मानपूर्ण व्यवहार गर्दै समानताको सिद्धान्तअनुसार सुरक्षा र न्याय सुनिश्चित गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

नेपाल प्रहरीले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत नागरिकले प्रहरी कार्यालयमा उपस्थित नभई आफ्ना गुनासा, सूचना तथा निवेदन अनलाइनमार्फत दर्ता गर्नसक्ने व्यवस्था गरिएको उनले जानकारी दिए। 

नेपाल प्रहरी आधुनिक प्रविधिको प्रयोगमार्फत सहज, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले समाजमा रहेका कुरीतिका अवशेषहरूलाई हटाउन नसकिए समाज र राष्ट्र अघि बढ्न नसक्ने भएकाले यसलाई हटाउन प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए। 

नेपाल प्रहरी मधेश प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले मधेस प्रदेशमा मुख्य सुरक्षा चुनौतीको रूपमा देखिएको लागुऔषध सेवन र कारोबारीलाई तोड्न प्रहरी सक्रियताका साथ लागेकाले यसमा नागरिकको पनि साथ र सहयोग आवश्यकता औँल्याए । 

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा सामाजिक अभियानमार्फत प्रहरीलाई सहयोग गर्ने व्यक्तिलाई सम्मान गरे। बेलायत सरकारको रु तीन करोड ९९ लाख ७६ हजार ५०३ आर्थिक सहयोगमा नवनिर्मित सेवा केन्द्र भवनमा सोधपुछ, स्वागत, पीडित सहायता, पीडित आश्रय, बालबालिका, परामर्श र बैठक कक्ष रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिए । 

त्यस्तै केन्द्रको पहिलो तलामा सेवा केन्द्र प्रमुख कक्ष, प्रशासन र अभियोजन कक्ष रहेका छन् भने महिला आवासमा सेवा केन्द्र प्रमुख, जुनियर प्रहरी अधिकृत ब्यारेक, प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दार ब्यारेक र भन्सार तथा भोजन कक्ष रहेका प्रहरी उपरीक्षक खड्काले बताए। 

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  २ : २४ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत