राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती « Khabarhub

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

भीमसेन थापाको जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालले शनिबार काठमाडौंको धरहरा परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । सो क्रममा प्रधानसेनापति अशोकराज सिग्देलले थापाको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गरे।

समारोहमा सहभागीहरूले भीमसेन थापाका योगदानको स्मरण गरेका थिए ।

नेपाल एकीकरणको प्रमुख अध्याय समाप्त भएको करिव छ वर्षपछि विसं १८३२ साउन ९ गते बगाले थापाकुलका पिता साना अमरसिंह थापा र माता सत्यरूपातर्फका पाँच भाइ छोरामध्ये जेठा छोराका रूपमा भीमसेन थापाको जन्म गोरखा बोर्लाङमा भएको थियो । विसं १८५५ मा २३ वर्षकै उमेरमा उनले सरदार पदवी प्राप्त गर्न सफल भएका छन् ।

राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वका लागि अङ्ग्रेजसँग युद्ध गरेका थापाले जेलमा बन्दी अवस्थामै १८९६ साउन ८ गते प्राण त्याग गर्ने प्रयास गरेको आठ दिनपछि वीरगति प्राप्त गरेका थिए । 

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  २ : ४६ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत