डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन « Khabarhub

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनप्रति चासो लिएकी छन्।

मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग संवाद गर्दै डा. केसीको उपचार प्रभावकारी बनाउन तथा आवश्यक समन्वय गर्न निर्देशन दिएकी हुन्।

यसैगरी, मन्त्रालयका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा. केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र आवश्यक व्यवस्थापनबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ।

चिकित्सकहरूले डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै लामो समय अस्पतालमै राख्नु उपयुक्त नहुन सक्ने सुझाव दिएपछि आवश्यक परे थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत भइरहेको छ। मन्त्रालयले डा। केसीको उपचार अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

विभिन्न पाँचबुँदे माग राख्दै बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको थियो।

यसैबीच, डा. केसीले उठाएका मागबारे छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधिसहितको वार्ता टोली धनगढी जाने तयारीमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ४ : ०५ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत