जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ « Khabarhub

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद भुक्तान गरिरहेको अवस्था जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको हो। 

जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट फरार भई गाउँघरमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रौतहटको कटहरिया नगरपालिका–७ बगहीबाट निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए । 

पक्राउ परेका माझीलाई कैद भुक्तानको लागि कारागार कार्यालय गौर रौतहटमा बुझाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए। 

विसं २०६८ फागुन २५ गते ७ बजेको समयमा रौतहटको कटहरिया नगरपालिका–७ स्थित पोखरीको डिलमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीपश्चात् हत्या गरेको कसुरमा सर्वोच्च अदालतले माझीलाई २० वर्ष कैद फैसला सदर गरी गौर कारागार कार्यालय पठाएको थियो । 

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ४ : ५१ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत