माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो « Khabarhub

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्वमा उल्लेख्य वृद्धि गरेको छ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८२-८३ मा राजस्व संकलन अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशतभन्दा बढीले बढेको छ। आर्थिक वर्ष २०८१-८२ मा रु ३३ लाख १४ हजार ४०० राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा रु ५० लाख ८८ हजार ६४२ पुगेको हो।

केन्द्र प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिमबहादुर थापाका अनुसार लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन तथा बिक्री भएकाले राजस्व वृद्धि भएको हो।

गत आवमा ह्याचलिङ भुरा दुई करोड, फ्राई १५ लाख र फिङ्गरलिङ १२ लाख गरी कुल दुई करोड २७ लाख भुरा उत्पादन गर्ने लक्ष्य राखिएको थियो। तर केन्द्रले लक्ष्यभन्दा बढी ह्याचलिङ दुई करोड ५९ लाख, फ्राई ६३ लाख ८१ हजार ५८० र फिङ्गरलिङ २६ लाख २४ हजार ६७२ उत्पादन गरेको जनाएको छ।

अधिकृत थापाले सीमित स्रोतसाधनका बाबजुद नयाँ प्रविधिको प्रयोग र दक्ष प्राविधिक जनशक्तिका कारण उत्पादन वृद्धि गर्न सफल भएको बताए। उनका अनुसार केन्द्रले उत्पादन बढाउँदै लगे पनि बजारमा माछाका भुराको माग अझै उत्पादन क्षमताभन्दा बढी रहेको छ।

मत्स्य विकास केन्द्रको कुल तीन दशमलव ५९ हेक्टर क्षेत्रफलमध्ये एक दशमलव ८५ हेक्टर जलाशय क्षेत्र रहेको छ। भुरा उत्पादनका लागि केन्द्रमा साना–ठूला गरी २३ वटा पोखरी निर्माण गरिएका छन्।

केन्द्रले उत्पादन गरेका माछाका भुरा बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान, रोल्पालगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका किसानलाई उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ४ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया