तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो « Khabarhub

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ।

प्रहरीका अनुसार मृतक तारकेश्वर–९ शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी साउन ८ गतेदेखि सम्पर्कविहीन थिइन्।

शनिबार दिउँसो कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ।

मृत्युको कारण र घटनाको प्रकृतिबारे यकिन गर्न प्रहरीले थप अनुसन्धान गरिरहेको छ। शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ५ : ०८ बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत