तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति « Khabarhub

तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल एमाले-नेकपा सहमतिपत्र हस्ताक्षरको साक्षी बसेका छन् ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ‌ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिमा एमाले उपाध्यक्ष पौडेलसहित नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य वर्षमान पुन उपस्थित छन् ।

शनिबार भएको सहमतिअनुसार दुई दलले प्रदेशसभामा संयुक्त रूपमा सरकार गठन गर्दै सत्ता साझेदारी गर्ने भएका छन् ।

दुई दलबीच भएको सहमति अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा नेकपा (एमाले) ले सरकारको नेतृत्व गर्नेछ । त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व सम्हाल्ने तय भएको छ ।

मधेश प्रदेश र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व तथा सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ६ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया