वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत « Khabarhub

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे समयावधिमा ८२ प्रतिशत प्रगति हासिल गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको एकवर्षे समयवधिको प्रगति विवरणअनुसार यस अवधिमा चालु खर्चतर्फ ७३ प्रतिशत र पुँजीगत खर्चतर्फ ८६ प्रतिशत प्रगति भएको छ ।

यस अवधिमा प्रदेश वन ऐन र वातावरण संरक्षण विधेयक प्रदेशसभामा पुगेको मन्त्रालयले जनाएको छ ।नवप्रवर्द्धन, अनुसन्धान तथा विशेष अभियानअन्तर्गत हरेक जिल्लाः एक टिमुर बगैँचा, एक फलफूल वन अभियान सञ्चालन गरिएको छ ।

एक किसानः पाँच बोधिचित्त, पाँच रुद्राक्ष अभियान, सुनाखरी उद्यान स्थापना आदि गरिएको जनाइएको छ । हरित अर्थतन्त्र, उद्यम तथा रोजगारीअन्तर्गत वनजन्य उद्यम (जडीबुटी, सिताके च्याउन, दुनाटपरी, मिनरल वाटर, पर्यापर्यटन) प्रवर्द्धन, राजमार्ग आसापास हरित उद्यम विकास, निजी तथा कवुलियती वन प्रवर्द्धन, बाँस अलैँचीलगायत बहुउपयोगी प्रजातिको विस्तार जस्ता कार्यक्रमअघि बढाइएको मन्त्रालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ८ : २६ बजे

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा

स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान

काठमाडौं- नेपाल–चीन सीमा नजिक चीनको तिब्बतस्थित केरुङ काउन्टीमा गएको विनाशकारी

रसुवा बाढी : आँबुखैरेनी र देवघाटमा २८ जनाको शव भेटियो

दमौली– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा