अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ « Khabarhub

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

अनलाइन माध्यमबाट विदेश भ्रमण र रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुल्ने सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यका ३० वर्षीय मोहम्मद याशिरलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।

पोखरा महानगरपालिका–५, प्रस्याङस्थित भाडाको घरमा सञ्चालित कार्यालयबाट एसिया तथा युरोपका विभिन्न देश घुमाउन लैजाने भन्दै अनलाइनमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी ठगी भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ‘ओएसिस टुरिजम इन्टरनेसनल’ नामक संस्था स्थापना गरी विदेश भ्रमण, उपहारलगायत आकर्षक योजना देखाई कुपन भराएर रकम असुल्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

हालसम्म ३० जनाबाट करिब नौ लाख ६६ हजार रूपैयाँ ठगेको र १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर उक्त कार्यमा संलग्न गराएको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरूको साथबाट दुई थान कम्प्युटर, आठ थान विभिन्न रजिस्ट्रर तथा अभिलेख पुस्तिका, छ थान रसिद, चार थान स्ट्याम्प तथा विभिन्न व्यक्तिका नाममा काटिएका रसिदका अर्धकट्टी बरामद गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ९ : ५४ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत