रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च « Khabarhub

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको पाइएको छ । गत जेठ र असार महिनामा सबैभन्दा यीनै दुई विषयमा सबैभन्दा उजुरी परेको जिल्ला प्रहरी रूपन्देहीले जनाएको छ ।

गत जेठमा जिल्लामा ५९ वटा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो भने असारमा सोही प्रकृतिका ५८ वटा मुद्दा दर्ता भएका थिए ।

गत असारमा नै रूपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो । त्यसबेला एक भारतीय नागरिक र पाँच नेपाली नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट एक हजार दरका नक्कली नेपाली नोट छाप्ने मेसिन तथा पाँच लाख ९२ हजार रूपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको थियो ।

त्यसैगरी जिल्लामा महिला र जेष्ठ नागरिकतर्फका उजुरी पनि उल्लेख्य रहेको छ । जेठ महिनामा घरेलु हिंसा ९३ वाटा उजुरी परेको छ भने असारमा ९९ वटा उजुरी दर्ता भएको छ । छिमेकीसँगको झगडासम्बन्धी ठाडो उजुरी पनि उल्लेख रहेको छ ।

रूपन्देही प्रहरीक अनुसार जेठमा ७२ वटा त्यस्तो ठाडो उजुरी दर्ता भएकामा असारमा ६३ वटा ठाडो उजुरी दर्ता भएको थियो । जेठमा जम्मा १८२ वटा अपराधका घटना दर्ता भएका थिए भने असारमा १७६ वटा मुद्दा दर्ता भएका थिए ।

त्यसैगरी जेठमा सामाजिक अपराधका ५२ वटा दर्ता भएकामा असारमा त्यस्तो मुद्दा २१ वटा दर्ता भएको थियो । जिल्ला ज्यानसम्बन्धी उजुरी पनि अत्यधिक हुने गरेको छ । जेठमा २३ वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएकामा असारमा ३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीले जेठमा २४३ जनालाई पक्राउ गरेको थियो भने असारमा १६१ जनलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नावय उपरीक्षिक कृष्णकुमार चन्दका अनुसार आर्थिक अपराधका घटना प्रहरीका लागि चुनौतीका रूपमा खडा भएको छ । चेक बाउन्स र अनलाइन फ्रडका कारण सर्वसाधारण मर्कामा पर्ने गरेको उनको भनाइ छ । जिल्लाको ग्रामीण क्षेत्रमा अशिक्षाका कारण पनि सामाजिक एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १० : ११ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया