मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ « Khabarhub

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ निवासी ३८ वर्षीय प्रकाश अधिकारी रहेका छन् । उनी मोरङको पथरीशनिश्चरे नगरपालिका–५ स्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक हुन् ।

प्रहरीका अनुसार साउन ६ गते बिहान करिब १०ः१५ बजे विद्यालय परिसरमै एक विद्यार्थीमाथि कुटपिट भएको भन्दै उजुरी परेको थियो । घटनामा विद्यार्थी घाइते भएपछि इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोस्ट हसन्दहबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।

उजुरीका आधारमा प्रहरीले शिक्षक अधिकारीलाई साउन ९ गते नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका शिक्षकलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १० : ३२ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित