मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द « Khabarhub

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका छन् ।

मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आव २०८२–८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८उद्योग व्यवसायको लगत कट्टा भएका छन् ।

गत आर्थिक वर्ष २०८२–८३ मा मधेस प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दत्र्ता भएको छ । सो अवधिमा पर्सामा एक हजार १०१ , धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दत्र्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले बताए । गत आव २०८२–८३ मा सात हजार ५४० वटा उद्योगको नवीकरण भएको छ ।

सूचना अधिकारी महतोका अनुसार गत आव २०८२–८३ मा वाणिज्यतर्फ प्राइभेट फर्म छ हजार १२२ वटा र साझेदारी फर्म १८ नयाँ दत्र्ता हुदाँ ११ हजार १४४ नवीकरण भएको छ ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट पाँच करोड २६ लाख ४९ हजार ५६२ राजस्व सङ्कलन भएको सूचना अधिकारी महतोले बताए । विश्वव्यापी रुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ्नुलगायतका कारणले उद्योगहरुको लगत कट्टा हुने सङ्ख्या बढेको सूचना अधिकारी महतोको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ९ : ३९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित