भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम « Khabarhub

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम


९ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः आन्दोलन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएका सूचना असत्य र भ्रामक रहेको जेन्जी अभियान्ता रक्षा बमले स्पष्ट पारेकी छन्।

आफ्नो तस्बिरसमेत प्रयोग गरेर आन्दोलनबारे भ्रामक समाचार फैलाइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसप्रति ध्यानाकर्षण भएको जनाएकी छन्। सो आन्दोलनसँग आफ्नो र ‘जेन्जी फन्ट’ को कुनै सरोकार नरहेको उनले स्पष्ट पारेकी छन्।

“भदौ २३ र २४ गतेका घटना सम्झिँदा मात्रै पनि आङ सिरिङ्ग हुन्छ। ती दिनको पीडा र क्षति अझै ताजै छ,” उनले भनेकी छन्, “त्यसैले आन्दोलनजस्तो गम्भीर विषयलाई मजाक र सनसनी फैलाउने माध्यम बनाइएको देख्दा झन् दुःख लागेको छ।”

आफूहरू शान्तिको पक्षमा रहेको र हाल सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने कुनै अवस्था नरहेको समेत उनले बताएकी छन्। संवेदनशील विषयमा तुच्छ मजाक नगर्न, नाम वा तस्बिर दुरुपयोग गरेर भ्रामक सूचना नफैलाउन र जिम्मेवार बन्नसमेत उनले सबैसँग अपिल गरेकी छन्।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  १० : १३ बजे

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो

अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई