भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु « Khabarhub

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ । गाईजात्रा पर्वलाई लक्षित गरी केही दिनका लागि बाँसको व्यापार सुरु गरिएको हो ।

गाईजात्रामा ताहासा बनाउन बाँसको प्रयोग गरिन्छ । गाईजात्रा निकाल्ने परिवारका लागि ताहासा नभई हुँदैन । त्यसैले केही दिनदेखि भक्तपुरको पाँचतले मन्दिर परिसरमा बाँस बिक्री गर्ने व्यापारीको चहलपहल सुरु भएको छ ।

व्यापारीले भक्तपुरको पाँचतले मन्दिर परिसरबाट प्रतिवटा बाँसको पाँचसयमा धमाधम बिक्री गरिरहेका छन । यही भदौ १३ गते भक्तपुरमा गाईजात्रा पर्व मनाइँदै छ । सो पर्वलाई लक्षित गरी तयार पारिएको ताहासाको मूल्य दुई हजारदेखि पच्चिस सयसम्ममा बिक्री हुने गरेको छ ।

सूर्यविनायक नगरपालिका–८ आशापुरीबाट यहाँ बाँस बिक्रीका लागि ल्याउने गरिन्छ । बर्सेनि बाँस बिक्रीका लागि यहाँ आउने जयराम तामाङले हरेक वर्ष गाइजात्राको एक साता अघिदेखि भक्तपुरको पाँचतल्ले मन्दिर अगाडि ताहासाको लागि बाँस बेच्दै आएको बताए । यहाँ बिहान १० बजेसम्म मात्र बाँसको ब्यापार गर्न पाइन्छ । नगरपालिकाले दिउँंसो व्यापार गर्ननदिने भएकाले बिहान मात्रै बाँस बेच्न पाइने भएको हो ।

गाईजात्रामा बाँसबाट ताहासा बनाइन्छ । ताहासा बनाउन बाँस नभई हुँदैन । १५ देखि २० फिट लामा चार वटा बाँस बाट ताहासा बनाइन्छ । तयारी ताहासाको शिरमा गाईको चित्र राखि गाईजात्रा निकालिन्छ ।

मृत्यु भएका व्यक्तिका परिवारले ताहासा उपोग गरी घरघरबाट गाईजात्रा निकाल्छन् । जसका लागि हरियो बाँसको आवश्यक पर्छ । त्यस हिसाबले सयौँ परिवारका लागि बाँंस आवश्यक हुन्छ । तहासा निर्माणमा प्रयोग हुने बाँसको आकार र गुणस्तरअनुसार मूल्य फरक पर्ने तामाङले बताए ।

तामाङले यसवर्ष एउटा ताहासा बनाउन चार वटा बाँसको दुई हजार पाँंच सयमा बिक्री गर्दै आएका छन् । भक्तपुरमा गाईजात्रा पर्वका लागि ताहासा बनाउने परम्परा पुस्तौँखि चलिआएको छ ।

पर्व नजिकिएसँगै ताहासा निर्माण, सजावट तथा जात्राका अन्य तयारीले भक्तपुरका टोलहरूमा चहलपहल बढेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल प्रतिपदा दिन मनाइने गाइजात्रा यो वर्ष शनिबार परेको छ । यो जनैपूर्णिमाको भोलिपल्ट मनाउँने गरिन्छ ।

काठमाडौँ, ललितपुरलगायत नेपाली भाषीको बसोबास रहेको ठाउँमा गाईजात्रा पर्व धूमधामका साथ मनाउने गरिन्छ । त्यस दिन वर्षभरिमा दिवङ्गतको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई त्यसलाई नगर परिक्रमा गराइन्छ । धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एकदिन यमलोकको ढोका खुला हुने जनश्रुति छ । यस दिन गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ ।

महिला र पुरुषको तहासा छुट्याउन महिलालाई हाकुपटासी (कालो फरिया) र पुरुषलाई सेतो कपडा बाधिन्छ । त्यसमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपाल जस्तो देखिने) मयुरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गिन माथि गोलाकार तर झण्डा जस्तो देखिने) सजाइन्छ । द्योःगाचा अष्टमातृकाको प्रतीक खास्टो, दुई वटा लामो पटुका राखी छाता ओढाइन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ११ : ३९ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज